Ministry of Foreign Affairs of Nepal

05/24/2022 | Press release | Distributed by Public on 05/24/2022 04:22

Press Release on Prof. Yadu Nath Khanal Lecture Series

प्रेस विज्ञप्ति

परराष्ट्र नीति, कूटनीति र नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषयहरूमा प्रोफेसर यदुनाथ खनालले पुर्‍याउनु भएको योगदानको कदरस्वरूप वहाँको नाममा परराष्ट्र मन्त्रालयले प्रोफेसर यदुनाथ खनाल प्रवचन आयोजना गर्ने तयारी गरेको छ। उक्त प्रवचन श्रृङ्खलाको प्रथम संस्करण २०७९ साल जेठ २४ गते मंगलवार तदनुसार ७ जुन २०२२ मा काठमाण्डौंमा आयोजना गरिने छ। प्रत्येक वर्ष आयोजना गरिने प्रवचन नेपालको राष्ट्रिय हित एवम् अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने परराष्ट्र नीति, कूटनीति जस्ता विषयसँग सम्बन्धित शीर्षकमा हुनेछ।

सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहित परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्तिहरू, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने उक्त श्रृंङ्खलाको पहिलो प्रवचन वेलायतको लिड्स विश्व विद्यालयका प्राध्यापक प्रोफेसर डा. सूर्य प्रसाद सुवेदीले Foreign Policy of Nepal: Past, Present and Future विषयमा दिनुहुने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
मिति २०७९/०२/१०